Nepalmuhar Full version →
अर्थ

मधेस प्रदेशमा ७२ प्रतिशत रोपाइँ

Nepalmuhar August 9, 2025
पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ। पछिल्ला दिनहरुमा पर्याप्त वर्षाद भएपछि हिजो शुक्रबारसम्म ७२ प्रतिशत रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ। मधेसमा यो वर्ष ढिलो वर्षा भएको र रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्द...

पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ। पछिल्ला दिनहरुमा पर्याप्त वर्षाद भएपछि हिजो शुक्रबारसम्म ७२ प्रतिशत रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ।

मधेसमा यो वर्ष ढिलो वर्षा भएको र रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ। “सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ”, निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने ।

उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताए ।

स)घीइ सरकारबाटै मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो टयुवबेल वितरण प्रक्रिाय सुरु गरेको छ। निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।

मधेस प्रदेश रोपाइँ