Nepalmuhar Full version →
विशेष रिपोर्ट

चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ

Nepalmuhar January 21, 2025
पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्। चन्द्रनिगाहपुर ट्रमा सेन्टर हस्पिटल अगाडी प्रहरीको टोलीले बिशेष सूचनाको आधारमा चन्द्रपुर– ४ का ३४ बर्षीय प्रचण्डबहादुर थापालाई चेकजाँच गर्दा १ ग्राम खैरो हेरोईन सहित पक्राउ गरिएको हो। थ...

पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।

चन्द्रनिगाहपुर ट्रमा सेन्टर हस्पिटल अगाडी प्रहरीको टोलीले बिशेष सूचनाको आधारमा चन्द्रपुर– ४ का ३४ बर्षीय प्रचण्डबहादुर थापालाई चेकजाँच गर्दा १ ग्राम खैरो हेरोईन सहित पक्राउ गरिएको हो।

थापा माथी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा लागू औषध सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भईरहेको डिएसपी राजकुमार राईले बताएका छन्।

उता चन्द्रनिाहपुरस्थित अरुण आयल स्टोर्स अगाडि बाटोमा मोबाईल लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका  १ दिपही टोलका हेमचन्द्र राय यादव राती मोबाईलमा कुरा गरिरहेको क्रममा चन्द्रपुर नगरपालिका ४, पैनी टोलका किसन साहले पछाडिबाट आएर झापडले हिर्काउँदै लछारपछार गरी मोबाईल लुटेर लगेका थिए।

लुटिएको मोबाईल स्थानिय काली मनिषा उर्फ सोनम साह कलवारलाई दिएर दुबै जना फरार भएका थिए। पीडितको उजुरीको आधारमा प्रहरीको अनुसन्धान पछी मोबाईलसहित लुकिछिपी बसेको अवस्थामा दुवैजना आरोपीलाई पक्राउ गरिएको हो । अभियुक दुवैजना माथी चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।