Nepalmuhar Full version →
विशेष रिपोर्ट

बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ

Nepalmuhar January 22, 2025
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अ...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् । 

पक्राउ परेका मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।